महिला टी–२० विश्वकप
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
शनिबार, १९ असोज २०८१, ०४ : ३०
काठमाडौँ । दुबईमा जारी महिला टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्यूजिल्याण्डले जित हासिल गरेको छ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
न्यूजिल्याण्डले भारतलाई १ सय ६१ रनको लक्ष्य दिएको थियो । जवाफमा भारतले १०२ रन मात्र जोड्न सक्यो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक १५ रन योगदान गरिन् । भारतका लागि कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन् ।
न्यूजिल्याण्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डकी कप्तान सोफी डिभिनले ५७ रनको सहयोगमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो ।
भारतका तर्फबाट रेणुका सिंहले २, अरुन्धती रेड्डी र शोभना आशाले १/१ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण