हामी कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।
शनिवार संवाद डबलीमा ‘नेपाल–भेनेजुएला मैत्री सङ्घ’ को घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए । उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए ।
आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिविद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्नुपर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरू देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरूलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।
संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबिचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबिच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरूले पाठ सिक्नुपर्ने बताए ।
संघका महासचिव फणिन्द्रराज पन्तले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष चिरागमानसिंह कुँवर, उपाध्यक्ष राविराम शर्मा, उपमहासचिव राजन कार्की, कोषाध्यक्ष लक्ष्मी अधिकारीले नेपाल र भेनेजुएलाबिचको सम्बन्ध जनस्तरसम्म पुर्याउने पर्नेमा जोड दिएका थिए ।
संघको अर्का उपाध्यक्षमा मोहन गौतम, सदस्यमा कृष्ण गिरी, दामोदर पौडेल, हेमन्त भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण