फ्रान्सको राष्ट्रपतिलाई लाज लाग्नु पर्ने हो: नेतन्याहु
तेल अभिभ । लेबनानमा इजरायलले जमिनबाट आक्रमण गरिरहेको छ । यस्तोमा फ्रान्सले इजरायललाई हतियार दिन रोक लगाउनु पर्ने माग गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भड्किएका छन् । उनले आइतवार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई लाज मान्नु पर्ने भनेर भनेका थिए । फ्रान्सको समर्थन बिनै पनि इजरायलले जित हात पार्ने उनको भनाई थियो ।
नेतन्याहुले भिडियो जारी गर्दै इजरायलले सात वटा मोर्चामा दुस्मनबाट आफ्नो रक्षा गरिरहेको बताएका थिए । आफूहरूले लेबनानमा हिजबुल्लाहसँग लडिरहेको पनि बताएका । इरानजस्तो बर्बर शक्तिसँग लडिरहेको इजरायलको समर्थनमा सबै सभ्य देशहरू दृढताका साथ खडा हुनुपर्ने उनको भनाई थियो । यद्यपि राष्ट्रपति म्याक्रो र अन्य पश्चिमी नेताहरूले इजरायललाई हतियार आपूर्ति रोक्न माग गरेका थिए ।
नेतन्याहुको यो बयानपछि म्याक्रोँको कार्यालयले फ्रान्स इजरायलको कट्टर मित्र भएको भनेको थियो । आफूले इजरायलको सुरक्षालाई समर्थन गर्ने भन्दै इरान वा यसका समर्थकहरूले इजरायलमाथि आक्रमण गरे फ्रान्स सधैँ इजरायलको साथमा रहने पनि भनिएको थियो । म्याक्रोँले अक्टोबर ५ मा इजरायललाई गाजामा लडाइँका लागि हतियार पठाउन प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण