फ्रान्सको राष्ट्रपतिलाई लाज लाग्नु पर्ने हो: नेतन्याहु

तेल अभिभ । लेबनानमा इजरायलले जमिनबाट आक्रमण गरिरहेको छ । यस्तोमा फ्रान्सले इजरायललाई हतियार दिन रोक लगाउनु पर्ने माग गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भड्किएका छन् । उनले आइतवार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई लाज मान्नु पर्ने भनेर भनेका थिए । फ्रान्सको समर्थन बिनै पनि इजरायलले जित हात पार्ने उनको भनाई थियो ।
नेतन्याहुले भिडियो जारी गर्दै इजरायलले सात वटा मोर्चामा दुस्मनबाट आफ्नो रक्षा गरिरहेको बताएका थिए । आफूहरूले लेबनानमा हिजबुल्लाहसँग लडिरहेको पनि बताएका । इरानजस्तो बर्बर शक्तिसँग लडिरहेको इजरायलको समर्थनमा सबै सभ्य देशहरू दृढताका साथ खडा हुनुपर्ने उनको भनाई थियो । यद्यपि राष्ट्रपति म्याक्रो र अन्य पश्चिमी नेताहरूले इजरायललाई हतियार आपूर्ति रोक्न माग गरेका थिए ।
नेतन्याहुको यो बयानपछि म्याक्रोँको कार्यालयले फ्रान्स इजरायलको कट्टर मित्र भएको भनेको थियो । आफूले इजरायलको सुरक्षालाई समर्थन गर्ने भन्दै इरान वा यसका समर्थकहरूले इजरायलमाथि आक्रमण गरे फ्रान्स सधैँ इजरायलको साथमा रहने पनि भनिएको थियो । म्याक्रोँले अक्टोबर ५ मा इजरायललाई गाजामा लडाइँका लागि हतियार पठाउन प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त