करेन्ट लागेर दुई जनाको मृत्यु
आइतबार, २० असोज २०८१, १७ : २६
काठमाडौँ । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण