भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
सोमबार, २१ असोज २०८१, ०२ : ३०

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।
देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए । भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो । प्रहरीका अनुसार घटना हुँदा मृतकहरु सुतिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्साही बेंगलुरु र उपाधि होडबाट बाहिरिएको हैदराबाद पहिलो पटक इकाना स्टेडियममा भिड्दै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल