बाढी पहिरोका कारण कृषि क्षेत्र सङ्कटमा परेको छ : मन्त्री अधिकारी
सोमबार, २१ असोज २०८१, १३ : ४६
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरोमा सबैभन्दा बढी कृषि क्षेत्र सङ्कटमा परेको बताएका छन् । सोमबार कृषि विभागमा ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अधिकारीले सरकारले ४३ जिल्ला प्राकृतिक सङ्कट घोषणा गरेको जिल्लामा सबैभन्दा बढी कृषि क्षेत्र परेको बताएका हुन् ।
बाढी पहिरोमा परेका किसानको समस्यालाई सम्बोधन गर्ने बताएका छन् । बाढी पहिरोले पुर्याएको क्षतिको विवरणलाई मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको समेत मन्त्री अधिकारीले बताए । देशभर ६५ प्रतिशत जनता कृषिमा आबद्ध भए पनि खाद्यान्न परिपूर्तिका लागि आयात गर्नुपरेको उनले बताए ।
पछिल्लो पटक बाढी पहिरोका कारण कृषि उपजमा करिब ६ अर्ब बराबरको क्षति पुगेको मन्त्री अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण