जम्मू–कश्मीरमा एनसी–कंग्रेसको सरकार
नयाँ दिल्ली । जम्मू–कश्मीरको विधानसभा चुनावमा नेशनल कन्फ्रेन्स (एनसी) र कांग्रेस गठबन्धनको सरकार बन्ने देखिएको छ ।
चुनावी रुझानअनुसार यो गठबन्धन ४७ सिटमा अगाडि छ । जसमध्ये नेसनल कन्फ्रेन्सले २९ सिट जितेको छ भने कांग्रेसले ५ सिट जितेको छ ।
२९ सिटमा अगाडि रहेको भाजपाले ११ सिट जितेको छ । पीडीपीले २ सिट जितेको छ भने २ सिटमा अगाडि छ । आम आदमी पार्टीले एक सिट मात्रै जितेको छ । ७ सिटमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यीमध्ये ४ उम्मेदवार विजयी भएका छन् । ९० सिट भएको विधानसभामा बहुमतको संख्या ४६ रहेको छ ।
ओमर अब्दुल्ला जम्मू–कश्मीरको अर्का मुख्यमन्त्री हुने यसैबिच नेशनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लाले भनेका छन् । ओमर अब्दुल्लाले दुई सिटमा चुनाव लडेका थिए । उनले बडगाममा जितेकी छन् । गन्दरबलमा उनी लिड गरिरहेका छन् । जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीकी छोरी इल्तिजा मुफ्तीले श्रीगुफ्वारा–बिजबेहरा सीटबाट हारेकी छिन् ।
‘जनताको निर्णय मान्छु’, इल्तिजा मुफ्तीले भनेकी छिन् । अर्काेतर्फ भाजपा अध्यक्ष रविन्द्र रैना नौशेरा सिटबाट पराजित भएका छन् । जम्मू–कश्मीरमा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म ३ चरणमा ६३ दशमलव ८८ प्रतिशत मतदान भएको थियो । १० वर्षअघि सन् २०१४ मा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । यसपटक १ दशमलव १२ प्रतिशत कम मतदान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण