एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

काठमाडौँ । उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।
उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको छ । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो ।
पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो ।
खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्ध कायमै भएको अवस्थामा दोस्रो विवाद गरेको ठहर गर्दै एक वर्ष कैद पनि सुनाएको थियो । मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको ठहर जिल्लाले गरेको हो ।
उक्त ऐनमा यस्तो कसुर गर्नेलाई १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने उल्लेख छ । शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको छ । उनले आफूले श्रीमती भएको थाहा पाएर विवाह नगरेको बयान दिएपछि सफाइ दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा