विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्यो

काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।
सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको सङ्ख्या बढेको देखिएको हो । विभागका अनुसार विगत पाँच वर्षको तथ्याङ्क हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको सङ्ख्या सबैभन्दा बढी छ ।
सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो सङ्ख्या युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो ।
विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको सङ्ख्या छ । यूएई जानेको सङ्ख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ ।
सरकारले विदेश भ्रमणमा जानेलाई एकपटकमा दुई हजार पाँचसय अमेरिकी डलरसम्मको सटही सुविधा दिएपछि घुमघामका लागि सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?