वीरगन्जको नगवास्थित तीन घरमा छापामा, २१ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका कपडा बरामद
वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको हो ।
महानगरपालिकाको नगवास्थित तीन घरमा छापामारी भण्डारण गरी राखिएका भन्सार छलीका सामान बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले बताए । उनका अनुसार सशस्त्र प्रहरीलाई भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।
तीनवटै घरबाट सशस्त्र प्रहरीले खास गरी सर्टिङ, सुटिङ तथा रेडिमेट कपडाहरू बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । बरामद सबै सामान थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण