‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।
यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू पाउनेछन् :
- रियल टाइममा नै रु ८,००,०००/— (अक्षरूपी आठ लाख) सम्म मुद्दती धितो कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ ।
- अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा
- आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा
- ग्राहकले स्वयमले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा
- एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा
यस एपको सुरुवात सँगै ग्रामीण तथा अर्ध¬सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण