मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन्। मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडौँ ‘फन पार्क’ पुगिन् ।
फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकीले भनिन्, “मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।” दसैँतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेका छन् ।
डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छिन् । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो ।
कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उनले पनि फन पार्क घुमाउन आउने गरेको बताइन् । भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गरेकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन् ।
शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उनी जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन् । “फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु”, उनले भनिन्,“पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।”
महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताए । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उनले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताए ।
पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए । उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्याे भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण