राजेन्द्र महतोले नाचे देउडा
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालसम्बद्ध सेती कर्णाली काठमाडौँ सम्पर्क समितिले थानकोटस्थित त्रिभुवन पार्कमा बडा दसैँको शुभकामना आदानप्रदानसँगै देउडा नाचको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले देउडा नाच नाचेका थिए । उनी भन्छन्, ‘देउडा नाच सुनेको थिएँ, तर पहिलो पटक देउडा नाचमा रमाएँ र नाचेँ पनि ।’
उनले आफ्नो आफ्नो जीवनमा पहिलोपटक नाचेको र त्यो पनि देउडा नाच नाचेको पनि जिकिर गरे। देउडा नाच साँच्चै रमाइलो र मौलिक रहेको बताउँदै अध्यक्ष महतोले नेपाल विविधतायुक्त देश भएको र यही विविधता नै नेपालको विशेषता रहेको बताए ।
यस्तै विशेषताको आधारमा नेपालको शासन सत्ता चल्नुपर्ने उल्लेख गर्दै उनले नेपाल अझै सबै नेपालीको बन्न नसकेको र आफूले सबैको नेपाल बनाउने अभियानमा लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण