सञ्जुसामु नतमस्तक बन्यो बंगलादेश
हैदराबाद । भारतले बंगलादेशलाई तेस्रो टी–२० खेलमा १ सय ३३ रनको विशाल अन्तरले पराजित गरेको छ । योसँगै टोलीले टी–२० शृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो ।
भारतले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । टोलीका लागि तोहिद हृदोयले ४२ बलमा सर्वाधिक ६३ रन बनाए । उनले ५ चौका र ३ छक्का हिर्काए ।
लिट्टन दासले २५ बलमा ४२ रन जोडे । उनले ८ चौका प्रहार गरे । तान्जिद हसनले १५ तथा कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
भारतका लागि रवि विश्नोईले ३ विकेट लिए । त्यस्तै, मयंक यादवले २ तथा वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डीले १–१ विकेट लिए ।

यसअघि सञ्जु सामसनले विस्फोटक ब्याटिङ गर्दै मात्र ४७ बलमा १ सय ११ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको थियो । सामसनले ११ चौका र ८ छक्का प्रहार गरे ।
कप्तान सूर्यकुमार यादवले पनि ३५ बलमा ७५ रन जोडे । उनले ८ चौका र ५ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले मात्र १८ बलमा ४७ रन बनाए । उनले ४ चौका र समान छक्का हिर्काए ।
रियान परागले ३४ रनको योगदान दिए । बंगलादेशका लागि तानजिम हसन सकिबले ३ विकेट लिए भने तास्किन अहमद, मुस्तफिजुर रहमान र मोहम्मदुल्लाहले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण