दोस्रो टेस्टका लागि इङ्ल्यान्डको टोली घोषणा, नियमित कप्तान बेन स्टोक्स पनि फर्किए
काठमाडौँ । घरेलु टोली पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट मंगलबारदेखि मुल्तानमा सुरु हुँदैछ । उक्त टेस्टका लागि सोमबार इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा गरेको छ ।
तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अगाडि छ । यसअघि मुल्तामै खेलिएको पहिलो टेस्टमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा कप्तान बेन स्टोक्स पनि फर्किएका छन् ।
यसअघि बेन स्टोक्सले लगातार चार टेस्ट गुमाएका थिए । त्यसैले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्डको कप्तानी ओली पोपले गरेका थिए । अब दोस्रो टेस्टमा भने बेन स्टोक्सले नै टोलीको कप्तानी गर्नेछन् ।
दोस्रो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), ज्याक क्रावली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जामी स्मिथ, ब्रायडन कारसे, म्याट पट्स, ज्याक लिच र सोएब बसिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण