३५ अर्ब निक्षेप थपिँदा बैंकिङ क्षेत्रको कर्जा परिचालन ७३ अर्ब
मङ्गलबार, २९ असोज २०८१, १७ : ४७
काठमाडौं । दुई महिमामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब कर्जा परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा यस्तो अवस्था देखिएको हो । यो कर्जा परिचालन समग्र कर्जाको १.४ प्रतिशत बराबर हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.३३ अर्ब ६० करोडले बढेको थियो जुन ०.७ प्रतिशत हो । वार्षिक विन्दुगत (अघिल्लो वर्षको भदौ मसान्तको तुलना) मा भने यो विस्तार ६.६ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकहरुको निक्षेप भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ जुन कुल निक्षेपको ०.५ प्रतिशत बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८१ भदौ मसान्तसम्मको निक्षेप विस्तार १३.८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण