नेपाल प्रिमियर लिग क्रिकेट : अमेरिकी खेलाडी आन्द्रेस गौस पोखरा एभेन्जर्समा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई क्लबमा आबद्ध गरेको छ ।
३१औँ वर्ष प्रवेशको सँघारमा रहेका गौस एनपीएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी पनि बनेका छन् । उनले अमेरिकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय र २० वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
उनले तीन एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक सय ५२ रन बनाएका छन् । उनले २० टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ९८ रन बनाएका छन् । दुबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ८१ रन हो । आन्द्रेस गौसको जन्म भने दक्षिण अफ्रिकामा भएको हो । उनले दक्षिण अफ्रिकाका लागि पनि उमेर समूहको प्रतियोगिता खेलेका थिए । उनले सन् २०२४ मा क्यानाडाविरुद्धको खेलसँगै अमेरिकी टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको बताएका छन् । गौसले पनि पहिलो पटक नेपालमा लिग खेल्न पाउँदा आफू निकै उत्साही भएको बताएका छन् । पोखरा एभेन्जर्सले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपीएल आगामी १६ देखि पुस ६ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026