साउदी अरब र माल्दिभ्समा पनि नेपाली फिल्मको प्रदर्शन सुरु
काठमाडौँ । नेपाली फिल्म अब साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने भएको पनि रिलिज हुने भएको छ । जसको सुरुवात प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ ले गरेको छ ।
‘छक्कापञ्जा ५’ बिहीबारबाट साउदीका १० हलमा लागेको छ । फिल्म जुबेलस्थित मुभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मुभी र भक्स सिनेमाज, रियादस्थित मुभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मुभी सिनेमाजमा रिलिज भएको हो ।
फिल्म साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ ।
त्यस्तै माल्दिभ्सका २ हलमा पनि पहिलोपटक ‘छक्कापञ्जा ५’बाट नेपाली फिल्म प्रदर्शन सुरु भएको छ । यी दुई क्षेत्रमा नेप–फिल्मस्का रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । छिट्टै मलेसियामा पनि फिल्म प्रदर्शन हुने उनले बताएका छन् ।
‘छक्कापञ्जा ५’ अहिले अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा प्रदर्शनमा आएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण