रौतहटमा विभिन्न दलका २ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश
रौतहट । रौतहट जिल्लामा विभिन्न दल परित्याग गरी २ सयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। बडा दसैँ दीपावली पर्वको अवसरमा स्थानीय गढीमाई नेकपा एमाले नगर कमिटी द्वारा बीनगरा गाउँमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
जनता समाजवादी पार्टीकी महिला नेत्री जिउती देवी यादवको नेतृत्वमा २ सयभन्दा बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशीलाई एमाले पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले टीका लगाएर स्वागत गरेका थिए।
उक्त कार्यक्रममा प्रदेश इन्चार्ज श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज अजय कुमार गुप्ता, केन्द्रीय सदस्य उद्धव रेग्मी, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, केन्द्रीय सदस्य रेखा झा, सङ्घीय संसद बिना साह, पार्टी जिल्ला अध्यक्ष सचिदानन्द साह , गरुडाका मेयर कन्थमणि जैसवाल , जिल्ला सदस्य श्यामाकान्त यादव लगायत नेता कार्यकर्ताको सहभागिता रहेको कटहरिया ४ का वडा अध्यक्ष तथा युवा नेता चन्दन कुशवाहाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण