त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने म्याद थप
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह (२०८१) मा भाग दिन अनलाइन फाराम भर्ने समय थप गरिएको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिनेछ
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दशैं विदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएकोले म्याद थप गरिएको बताए ।
केही विद्यार्थीहरूले आवेदन फाराम भर्न नपाएको भन्दै कार्यालयमा गुनासो गरेका थिए । त्यही आधारमा आठ दिन म्याद थप गरिएको बताए ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न पाउनेछन् ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले ५० औं दीक्षान्त समारोहमा सहभागी हुन फाराम भर्न पाउछन् ।
यसअघि जारी गरेको सूचना अनुसार भदौं २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न भनेको थियो । तर, त्यो बीचमा विदा परेपछि म्याद थप गरिएको हो ।
आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ । अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण