त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने म्याद थप

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह (२०८१) मा भाग दिन अनलाइन फाराम भर्ने समय थप गरिएको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिनेछ
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दशैं विदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएकोले म्याद थप गरिएको बताए ।
केही विद्यार्थीहरूले आवेदन फाराम भर्न नपाएको भन्दै कार्यालयमा गुनासो गरेका थिए । त्यही आधारमा आठ दिन म्याद थप गरिएको बताए ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न पाउनेछन् ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले ५० औं दीक्षान्त समारोहमा सहभागी हुन फाराम भर्न पाउछन् ।
यसअघि जारी गरेको सूचना अनुसार भदौं २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न भनेको थियो । तर, त्यो बीचमा विदा परेपछि म्याद थप गरिएको हो ।
आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ । अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र