हिजो सरकार नाङ्गियो, गगन थापा नाङ्गिए : मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको बताएका छन् । यस्तै कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको उनले बताए ।
रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै उनले भने– ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’
संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको बताउँदै त्यसमा जीवी राईले ६ अर्ब रुपैयाँ लिएको र गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाएको र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको आरोप लगाएको बताए । रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको बताए ।
उनले भने– ‘म सहकारी पीडित साथीहरूलाई पनि भन्न चाहन्छु, यिनीहरूको सहकारी समस्या समाधान गर्ने उद्देश्य भएको भए ८७ अर्बको चर्चा गर्थे । तर यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन्, यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध र कुण्ठा हो । कसैको भविष्य र अवसर सुनिश्चित गर्ने, केपी शर्मा ओलीको कुण्ठाको कारण हो ।’
उनले रास्वपा एउटा अभियान भएकोले सभापति लामिछानेको पक्राउका कारण केही असर नपर्ने बताउँदै अब राजनीति कस्तो हुन्छ भनेर देखाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण