चिनियाँ नेता छन काङ्ग नेपाल भ्रमणमा, आइबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
शनिबार, ०३ कात्तिक २०८१, १७ : ४०
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् ।
नेपाल भ्रमणमा आएका छन काङ्गले आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
त्यसपछि चिनियाँ दूतावास र होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
टोली आइतबार नै काठमाडौं दरबार स्क्वायरको समेत अवलोकन गर्ने छ । सोमबार बिहान स्वयम्भू, भक्तपुर दरबार स्क्वायरको अवलोकनलगायतका कार्यक्रम छन् । चिनियाँ टोली सोमबार दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण