मोड्रिच बने रियलको सबैभन्दा ‘बुढो’ खेलाडी
मड्रिड । ३९ वर्षीय क्रोएसियन खेलाडी लुका मोड्रिच रियल मड्रिडका लागि खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी बनेका छन् । ला लिगामा सेल्टा भिगोलाई हराउने क्रममा मोड्रिचले यो उपलब्धि हासिल गरेका हुन् ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका मोड्रिचले उनले लगत्तै भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरेका थिए । सोही गोल निर्णायक बन्दा रियल प्रतिस्पर्धात्मक खेलमा २–१ गोलले विजयी बन्यो ।
खेलको २० औँ मिनेटमा किलियान एम्बाप्पेले रियललाई अग्रता दिलाएका थिए । तर, विलियट स्वेडबर्गले दोस्रो हाफको सुरुवातमा नै घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
१० खेलपछि रियलको २४ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनासँग टोलीले अङ्क बराबरी गरेको छ । यद्यपि, बार्साले एक खेल कम खेलेको छ । टोलीले आइतबार सेभियाको सामना गर्नेछ ।
रियलले भने मंगलबार च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण