रेडक्रस काभ्रेको सभापतिमा भैल निर्वाचित
मकवानपुर । नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा १०३ मतका साथ देवेन्द्र प्रसाद भैल निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विदुर प्रसाद घिमिरेले ६५ मत पाए ।
त्यस्तै उपसभापतिमा ज्ञानबहादुर तामाङ १०३ मत, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत ९५ मत , मन्त्रीमा राजु सिग्देल १०१ मत, उपमन्त्रीमा प्रदीप के.सी १०६ मत, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला १०५ मतका साथ निर्वाचित भएका छन् ।
पदाधिकारीमा पार्वती थापाले ७० मत, उपसभापतिमा माधव हुमागाईँले ६० मत, मन्त्रीमा हेमलाल तामाङले ६७ मत, उपमन्त्रीमा रामकृष्ण श्रेष्ठले ५९ मत तथा उपकोषाध्यक्षमा झंक गौतमले ६० मत ल्याए ।
कोषाध्यक्षमा उम्मेदवारी दिएका विजयराम कर्माचार्यले फिर्ता लिएपछि प्रेमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका थिए।
सदस्यहरूमा रामकुमार श्रेष्ठले १०१ मत, माधवप्रसाद नेपाल १०० मत, कृपेन्द्र श्रेष्ठ ९२ मत, दामोदर श्रेष्ठ ९१ मत, विलबहादुर श्रेष्ठ ८८ मत, जगन्नाथ गिरी ८८ मत, उपदेश भुजेल ८५ मतका साथ निर्वाचित भएका छन् ।
त्यस्तै राजेशकुमार श्रेष्ठ ६६ मत, प्रह्लाद शर्मा हुमागाईँ ६४ मत, अनुज सापकोटा ५९ मत, कृष्णबहादुर श्रेष्ठ ४९ मत, गोकुल डोटेल ५१ मत र प्रशान्त महत ले ५२ मत प्राप्त गरे ।
त्यस्तै ३ जना महिला सदस्य पदको लागि सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ति खत्रीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण