बाढीपीडितका लागि आयल निगमले गर्यो तीन करोड सहयोग
सोमबार, ०५ कात्तिक २०८१, २१ : ४२
काठमाडौँ । नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सो बराबरको रकम सहयोग गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गरेका छन् । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो ।
निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण