सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ । सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई-रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई-रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण