लेबनानको बंकरमा खजाना रहेको इजरायलको खुलासा
बेरुत । इजरायल र हमासबिच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । योसँगै युद्धको ज्वाला लेबनान र इरानसम्म पुगेको छ ।
गाजामा हमास प्रमुख याह्या सिनवार र बेरुतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएका छन् । अहिले इजरायलले लगातार एकपछि अर्को चकित पार्ने दाबी गर्दै आएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहको वित्तीय केन्द्रबारे गुप्त जानकारी खुलासा गरेको छ । आईडीएफका अनुसार नसरल्ला मारिएको बंकरमा खजाना थियो ।
आइतबार राति इजरायली वायुसेनाले गरेको हवाई हमलापछि यो खुलासा भएको हो । यी आक्रमणहरूको उद्देश्य इरान समर्थित आतंकवादी संगठन हिजबुल्लाहको सञ्चालनको लागि आर्थिक सहयोग गर्ने क्षमतालाई कमजोर पार्नु थियो । आईडीएफका अनुसार यो गोप्य बंकर बेरुतको केन्द्रमा रहेको अल सहेल अस्पतालको मुनि छ । हसन नसरल्लाको यस बंकरमा ठुलो मात्रामा सुन र नगद भएको बताइएको छ ।
५० करोड डलर...
‘आज म एक स्थानसम्बन्धी गुप्तचर जानकारी सार्वजनिक गर्दैछु,’ आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हगारीले भने । दक्षिण बेरुतको अल सहेल अस्पताल मुनि लुकाइएको बंकरमा ५० करोड डलरको नगद र सुनको खजाना रहेको उनले बताए । यो पैसा लेबनानी राज्य पुनर्निर्माण गर्न प्रयोग गर्न सकिने उनले बताए ।
इजरायली सेनाले हिजबुल्लाहका यी आर्थिक लक्ष्यहरूमा सटीक हमला गरेको थियो । हमलामा कडा सुरक्षा व्यवस्था भएको गोप्य स्थानलाई लक्षित गरिएको थियो । ‘यहाँ एउटा भूमिगत सेफ छ, जसमा नगद र सुनको रूपमा करोडौँ डलर राखिएको थियो । हिजबुल्लाहले यो पैसा इजरायलमा आक्रमण गर्न प्रयोग गरिरहेको थियो।’ हगरीले भने । तर हगरीले आक्रमणमा सबै रकम नष्ट भयो कि भएन भन्नेबारे चाहिँ बताएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण