ताइवान तर्साउन चीनको सैन्य अभ्यास
बेइजिङ । चीनले ताइवान नजिकैको भूमिमा गोलावारुद्धसहित सैन्य अभ्यास गरेको छ । एक हप्ताअघि मात्र चीनले टापुको वरिपरि ठुलो सैन्य अभ्यास गरेको थियो ।
पछिल्ला वर्षहरूमा चीनले ताइवानको तट नजिकै सैन्य अभ्यासहरूलाई व्यापक बनाएको छ । बेइजिङले सोमबार ताइवानबाट १ सय ५ किलोमिटर मात्र टाढा रहेको निउसान स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजेदेखि ४ घण्टासम्म सैन्य अभ्यासका लागि बन्द गर्ने जानकारी दिएको थियो ।
ताइवानका प्रमुख चो जुङ ताईले सो क्षेत्रको स्थायित्वका लागि यस्ता सैन्य अभ्यास गर्न नहुने सुझाएका छन् । चीनको सैन्य अभ्यास बढेसँगै अमेरिकाले सो क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।
यसअघि अमेरिकाको नौसेनाले मात्र ताइवान प्रायदीपको गस्ती गर्ने गरेको थियो । पछिल्लो समय अमेरिकाको सहयोगी रहेका क्यानडा, जर्मनी, अस्ट्रेलिया र जापानले पनि गस्तीमा सहभागिता जनाउन थालेका छन् । गत हप्तामात्र अमेरिका र क्यानडाले आफ्नो युद्धपोत सो क्षेत्रमा पठाएको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण