दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरि दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गरेका छन् । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।
सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरुलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरुले पनि उठाउनु पर्नेमा जोड दिएको बताए ।
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरि दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रियसभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताए ।
विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथा विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानुनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिए ।
“कानुन निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ,” अध्यक्ष दाहालले भने, “त्यसका लागि कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्दछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण