हालान्डको दुई गोल, सिटीको शानदार जित
इतिहाद । अर्लिङ हालान्डले दुई गोल गर्दा म्यानचेस्टर सिटीले यो सिजनको च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा सिटीले स्पार्टा प्रागलाई ५–० गोलले हराएको हो ।
फिल फोडेनले घरेलु टोलीलाई खेलको तेस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा सिटीले गोल वर्षा गर्यो । ५८ औँ मिनेटमा हालान्डले टोलीको अग्रता दोब्बर बनाए । ६४ औँ मिनेटमा जोन स्टोन्सले टोलीका लागि अर्को गोल गरे ।
४ मिनेटपछि हालान्डले व्यक्तिगत दोस्रो गोल गरे । मात्र २४ वर्षको उमेरमा च्याम्पियन्स लिगमा उनको गोल सङ्ख्या ४४ पुगेको छ ।खेलको अन्त्यतिर म्याथेयस नुनेसले पेनाल्टीबाट पाँचौँ गोल थपे । प्रतियोगितामा उनको यो पहिलो गोल थियो ।
३ खेलमध्ये दुईमा जित र एकमा बराबरी खेलेको सिटी ७ अङ्कसहित तेस्रो स्थानमा छ । स्पार्टा प्राग भने ४ अङ्क लिएर २१ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण