सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ
बिहीबार, ०८ कात्तिक २०८१, १३ : ३०
काठमाडौँ । सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखको TRUECALLER App मा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरूलाई सीआईबीबाट फोन गरेको भनी धम्की दिने गरेको प्रहरीले भनाई छ ।
उनलाई उक्त ब्युरोबाट खटिएको प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोकबाट पक्राउ गरेको हो । उनी पक्राउबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण