काठमाडौँ मेडिकल कलेजमा जारी आन्दोलनप्रति नेविसंघको ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा जारी इन्टर्न चिकित्सकहरूको आन्दोलनमा नेपाल विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएको छ । प्रवक्ता सुरज सेजुवालले एक विज्ञप्ति जारी गर्दै विगत एक सातादेखि गर्दै आएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताएका हुन् ।
कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै काठमाडौँ मेडिकल कलेजका इन्टर्न विद्यार्थीहरू एक सातादेखि आन्दोलनमा छन् । इन्टर्नसिप शुल्क, इन्टर्नसिप परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्कजस्ता नाममा लिइएको शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको माग छ ।
कलेजले नियम विपरीत लिएको अतिरिक्त शुल्क यथाशीघ्र फिर्ता नगरे सशक्त आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ । कांग्रेस नेता समेत रहेका कलेज सञ्चालक सुनिल शर्मालाई शुल्क फिर्ता गर्न नेविसंघले चेतावनी दिएको हो । नेविसंघले आफ्नै नेताविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गत काठमाडौँ मेडिकल कलेजले २०७५/०७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकहरूबाट नियम विपरीत अतिरिक्त शुल्क लिँदै आएको आरोप छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ विपरीत कलेजले प्रति विद्यार्थी अतिरिक्त इन्टर्नसिप शुल्क दुई लाख, एनएमसी रजिस्ट्रेसन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरी चार लाख ९० हजार बराबरको अतिरिक्त रकम लिएको विद्यार्थीहरूको आरोप छ । उनीहरूले उक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आएका हुन् ।
आन्दोलनका क्रममा क्याम्पस प्रशासनले अपरिचित व्यक्ति एवं क्याम्पसका सुरक्षा कर्मचारी परिचालन गरी विद्यार्थीमाथी कुटपिट गरेका थिए । त्यसपछि विद्यार्थीहरू थप आक्रोशित बनेका हुन् ।
आन्दोलनरत विद्यार्थीलाई क्याम्पस प्रवेशमा रोक लगाउनु जस्ता अमर्यादित कार्य नगर्न समेत नेविसंघले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी