लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ । ललितपुर, काभ्रे, कैलाली लगायतका जिल्लाबाट लाखौ रकमसहित ३६ जना जुवाड पक्राउ परेका हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका–४ बस्ने ३८ वर्षीय रूपेश गुप्तासहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उता, काभ्रेको पनौती नगरपालिका–९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता, कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति शिविर जंगलको खुल्ला चौरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनार समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट
खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ७ सय ७२ रूपैयाँ र २ बुक तास सहित गएराति पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण