रास्वपाको प्रदर्शनबारे काठमाडौँका प्रजिअ भन्छन्, ‘उहाँहरूले शान्तिपूर्ण गर्छौँ भन्नुभएको छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्दै छ । आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बजेबाट हुने प्रदर्शनको संयोजन रास्वपाका काठमाडौँ जिल्लाका संयोजक प्रदीप विष्टले गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गर्ने रास्वपाको योजना छ ।
प्रहरीले सुरक्षा योजना बनाएर माइतीघर क्षेत्रमा प्रहरी परिचालन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षकले कमान्ड गर्नेगरी सुरक्षा योजना बनाइएको उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) विनोद घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षाको सम्पूर्ण कमान्ड काठमाडौँका एसएसपी सा’बले गर्नुहुन्छ ।’
प्रहरीले प्रदर्शन स्थलमा हुलदङ्गा, तोडफोड र सड्क अवरुद्ध हुनसक्ने सुरक्षा चुनौती आकलन गरेको छ । तर, प्रदर्शनकारीले स्थानीय प्रशासनलाई शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले रातोपाटीसँग भने, ‘उहाँहरुले शान्तिपूर्ण प्रदर्शन गर्छौँ भन्नुभएको छ ।’
प्रदर्शनकारीहरूसँग आफ्नो समन्वय भइरहेको उल्लेख गर्दै प्रजिअ आचार्यले लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट नरोकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण