रविका कार्यकर्ताको नारा : ओइ सरकार ओइ, ८७ अर्ब र यती–ओम्नी खोइ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरु प्लेकार्डसहित उपस्थित भएका थिए । उनीहरुले भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए ।
रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान