इरानमाथि इजरायलको आक्रमणबारे साउदी अरेबियाले के भन्यो ?
शनिबार, १० कात्तिक २०८१, १३ : २९
रियाद । साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ । साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएको छ ।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको छ । यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य सङ्घर्षले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।
यस क्षेत्रको तनाव कम गर्न र जारी द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका र दायित्व निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायलाई साउदी अरेबियाले अपिल पनि गरेको छ । यसअघि इजरायलले इरानी सैन्य शिविरमा हवाई हमला गरेको थियो ।
अमेरिकाले इजरायललाई इरानको तेल र आणविक स्थलबाट टाढा रहन पनि चेतावनी दिएको छ । अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण