साफ महिला च्याम्पियनसिप
रेखा पौडेललाई रातो कार्ड, भारतको अग्रताले दबाबमा नेपाल
आइतबार, ११ कात्तिक २०८१, २० : २१
काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तगर्त सेमिफाइनलमा नेपाल–भारतबिचको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको ५१ औँ मिनेटमा रातो कार्ड पाएपछि उनले मैदान छाडेकी छिन् । योसँगै नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।
यसैबिच सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएपछि नेपाल दबाबमा परेको छ । खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
यस्तै भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि गोल गरेका थिए । तर नेपालको गोललाई रेफ्रीले मान्यता दिएन । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड र भारतले १–० को अग्रता बनाएपछि नेपाल दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण