साफ महिला च्याम्पियनसिप
रोकिएको खेल सुरु, नेपालले गर्यो गोल
आइतबार, ११ कात्तिक २०८१, २१ : १४
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल–भारतबिचको खलेमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि रोकिएको खेल सुरु भएको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलमा विवाद भएपछि रोकिएको खेल सुरु हुने बित्तिकै नेपालले गोल गरेको छ ।
नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरेकी हुन् । योसँगै नेपाल र भारतबिचको खेल बराबरी भएको छ । यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
यस्तै यसअघि नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा केही समय खेल रोकिएको थियो । जुन समयमा खेल रोकिएको थियो त्यही समयबाट खेल सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण