प्रधानसेनापतिसँग एनसीसी भ्रमण दलको शिष्टाचार भेट
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय क्याडेट कोर (एनसीसी) को भ्रमण दलले भेट गरेको छ । भारतीय सेनाका विङ कमान्डर पिआर पोनप्पाको नेतृत्वमा नेपाल भ्रमणमा रहेको १८ सदस्यीय टोलीले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित युवा आदानप्रदान भ्रमणमा सहभागी हुन भारतीय टोली यही कात्तिक ५ गते यहाँ आएको हो । नेपाल भ्रमणमा रहेको भारतीय टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रममा नेपालको राष्ट्रिय सेवा दलका छात्र/छात्राको समेत सहभागिता रहेको छ ।
विसं २०२२ मा नेपालमा स्थापित राष्ट्रिय सेवा दलका तालिमरत छात्र÷छात्राले पनि विसं २०२६ बाट विभिन्न देशमा सञ्चालित तालिममा सहभागिता जनाउँदै आएको पनि निर्देशनालयले जनाएको छ । नेपालबाट राष्ट्रिय सेवा दलका छात्रछात्राले भारत, श्रीलङ्का, बङ्गलादेश, भूटान, मालदिभ्स, पाकिस्तान र सिङ्गापुरको भ्रमण गरिसकेको जानकारी दिइएको छ ।
नेपालमा हालसम्म ७४ हजार चार सय ८० जना छात्र÷छात्राले सिनियर तथा जुनियर डिभिजनमा रही राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको पनि निर्देशनालयले जनाएको छ । यस वर्ष मात्रै सात हजार सात सय चार छात्र÷छात्रा उक्त तालिममा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण