गत वर्षको दायित्व भुक्तानी सुरु भएको छ : मुख्यमन्त्री आचार्य
हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले बहुवर्षिय र क्रमगत आयोजनाको भुक्तानी सुरु गरिएको बताएका हुन् ।
उनले सरकारले बहुवर्षिय र क्रमगत आयोजनाको भुक्तानी सुरु गरिसकेको बताउँदै अव निर्माण व्यवसायीको बाँकी रकम सरकारबाट दिन ढिलाइ नहुने स्पष्ट परे । उनले संघीय सरकारले वित्तीय समानिकरण अनुदान नपठाउँदा प्रदेशमा दायित्व थपिएको र निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको बताए । लुम्बिनी प्रदेशमा संघीय सरकारले गत वर्ष दुई अर्ब १० करोड समानिकरण अनुदान नपठाउँदा समस्या परेको थियो ।
सरकारले रकमको लागि आवश्यक र समन्वय गरेकोले निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने उनले बताए ।
उनले समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पारे ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरू समाधान गर्नेगरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरूसँग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेललगायतले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण