खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण
ओखलढुङ्गा । यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।
आज काठमाडौँमा एक कार्यक्रमबीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका छन् । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा हस्तान्तरण आज गरिएको हो ।
नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाई छ । उनले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसकेका छन् ।
एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महङ्गो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण