शिक्षकको आन्दोलनले सात हजार बढी विद्यार्थी प्रभावित
सप्तरी । हुनमाननगर कंकालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।
नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् ।
तीन महिनादेखि तलबभत्ता नपाएको भन्दै आइतबारदेखि शिक्षकले आन्दोलनका कार्यक्रम गरेका हुन् । सोमबार दोस्रो दिन विद्यालय बन्द गरी धर्नामा बस्दा करिब सात हजार आठ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।
नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ । उक्त आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
गठित सङ्घर्ष समितिका संयोजक अशोक कुमार यादवले भने, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दसैँ जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुनेछ ।”
यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख विरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो ।
नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताए। उनले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको उल्लेख गरे ।
नगरसभा बैठन बस्न नसक्दा चालु आवदेखि शिक्षक, स्वास्थ्यकर्मीलगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाले समाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण