भन्सार छलीका झन्डै ५ लाखको सामान बरामद
धनगढी । कैलाली प्रहरीले झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध सामान बरामद गरेको हो ।
भारतीय नाकाहरूबाट भन्सार छली ल्याएको करिब ४ लाख ६२ हजार ५० मूल्य बराबरको अवैध सामानहरू फेलापारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार धनगढी उपमहानगरपालिकाको मिलनचोक र खेदाघाटबाट अन्दाजी ५७ हजार ५५० बराबरको कपडा र किरानाका सामान, भजनी नगरपालिकाको डक्टरघाट र ढुसीबाट अन्दाजी मूल्य २ लाख १९ हजार ५ सय बराबरको कपडा र सुर्तिजन्य पदार्थ बरामद गरिएको छ ।
त्यसै कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी मूल्य १ लाख ८० हजार बराबरको आलु, गुड र मुनफली बरामद गरिएको छ, भने जोशीपुर गाउँपालिका–५ फाडियाबाट अन्दाजी मूल्य ५ हजार बराबरको चिनी बरामद गरिएको छ ।
बरामद गरिएका सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
_aBelNxPWrB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण