कृषिमा सरकारले दिएको अनुदानको सदुपयोग होस् : मन्त्री अधिकारी
नेपालगन्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ठुलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा मंगलबार कोहलपुरमा आयोजित एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठुलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिएका हुन् ।
मन्त्री अधिकारीले समितिले छिटै अध्ययन सक्ने र अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिने बताए । कृषि अनुदानको सही सदुपयोग होस् भन्ने आफ्नो चाहाना रहेकोमा उनले जोड दिए । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरे ।
मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए । उनले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता रकम भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण