सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन
बुधबार, १४ कात्तिक २०८१, १० : ४६

काठमाडौँ । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।
यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । लम्सालले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।
साथै उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने आफ्नो प्राथमिकतामा हुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?