अमेरिकासँग हजार वटा अट्याक ड्रोन किन्दैछ ताइवान
ताइपेई । चीनको धम्कीबाट दिक्क बनेको ताइवानले आफूलाई बलियो बनाउन सुरु गरेको छ । ताइवानले अमेरिकासँग १ हजार थान अट्याक ड्रोन किन्ने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार ताइवानले एरोविरोनमेन्ट इंक र एन्डुरिल इन्डष्ट्रिज इंकबाट हजार थान ड्रोन किन्ने छ । तर अहिलेसम्म यो सम्झौताको मूल्य, डेलिभरी मिति र खरिद सम्झौतालाई औपचारिक रुप दिन बाँकी रहेको बताइएको छ ।
अमेरिकी सरकारले दिइसक्यो सम्झौतालाई मञ्जुरी
अमेरिकी सरकारले जुन महिनामै करिब ३६ करोड डलरमा यो सम्झौताको प्रस्ताव स्वीकृत दिएको थियो । ताइवानको विधायिका युआनले पनि अगस्त ३० मा यस सम्झौताका लागि रकम छुट्याएको थियो ।
रिपोर्टका अनुसार ताइवानलाई यी ड्रोनको डेलिभरी सन् २०२४ र २०२६ को बीचमा हुन सक्नेछ ।
यी ड्रोनबाहेक ताइवानी सेनाले अमेरिकासँग ६८५ स्विचब्लेड ३०० mोइटरिंग म्युनिशन र २९१ अल्टियस ६०० एम–भी मानवरहित विमान किन्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण