दिल्लीमा तीव्र वायु प्रदुषण
नयाँ दिल्ली । दिपावलीको पुर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।
आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ । आया नगर र नयाँदिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड गरिएको छ । यो ‘निकै खराब’ मानिन्छ ।
प्रदूषणको स्तर उच्च रहेकाले कालिन्दी कुन्जको यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको थियो । यसैबीच, मुम्बईको बान्द्रा रिक्लेमेसन क्षेत्रमा हावाको गुणस्तर ‘मध्यम’ रहेको छ।
यसैबीच, भारतीय जनता पार्टी (भाजपा) दिल्लीका नेताहरूले सोमबार पञ्जाबमा पराल जलाउने १०८ वटा घटना दर्ता भएको रिपोर्ट गरेका थिए भने उनीहरूले वायु प्रदूषणको चिन्तालाई लिएर पन्जाबका मुख्यमन्त्री भगवन्त मानविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।
हाल विश्वको बढी प्रदूषित राजधानीमध्ये एक दिल्लीमा पछिल्ला बर्षहरूमा वायु प्रदूषण बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर