पेन्सिलभेनियाका न्यायाधीशले एलन मस्कलाई तुरुन्त सुनुवाइमा उपस्थित हुन दिए आदेश
वासिङटन डीसी । पेन्सिलभेनियाका एक न्यायाधीशले अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई तुरुन्त सुनुवाइमा उपस्थित हुन आदेश दिएका छन् । बिहीबार हुन लागेको यो सुनुवाइ मस्कले पेन्सिलभेनियाका दर्ता भएका मतदातामध्ये एकलाई दैनिक १० लाख डलर दिने घोषणा सम्बन्धमा हो ।
फिलाडेल्फिया जिल्ला अधिवक्ता ल्यारी क्रास्नरले यस हप्ता सोमबार मस्क र उनको राजनीतिक समूह अमेरिकी पीएसी विरुद्ध मुद्दा दायर गरेका थिए । । बिहीबार यही मुद्दाको सुनुवाइ हुने भएको छ । ल्यारी क्रास्नरले पेन्सल्भेनियाका न्यायाधीशलाई गत शुक्रबारदेखि यो बिहीबारसम्म मस्कले दिने पुरस्कार राशी रोक्नेबारे तुरुन्त सुनुवाइ बढाउन अनुरोध गरेका थिए ।
मस्कविरुद्ध मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै पोस्ट भइरहेको पनि उनले मुद्दामा उल्लेख गरेका छन् ।
के थियो मस्कको घोषणा ?
यस अमेरिकी चुनावमा मस्कले ट्रम्पलाई आफ्नो पूर्ण समर्थन गरिरहेका छन् । मस्कले नोभेम्बर ५ मा हुने निर्वाचनसम्म हरेक दिन सातवटा स्विङ स्टेटमा दर्ता भएका मतदाता मध्ये एक जनालाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका छन् ।
यस योजना अन्तर्गत ट्रम्पलाई समर्थन गर्ने मस्कको समूह ‘अमेरिका पीएसी’को याचिकामा हस्ताक्षर गर्नेहरूमध्येबाट विजेता चयन गरिनेछ । यसका लागि व्यक्ति दर्ता भएका मतदाता हुनु आवश्यक छ । पेन्सिल्भेनियामा, मस्कले यो गर्नेहरूलाई सय डलर दिइरहेका छन् । यो अभियान अरु कसैलाई रिफर गर्नेलाई अरु सय डलर दिइरहेको छ । बाँकी स्विङ राज्यहरूमा, अरू कसैलाई रेफर गर्नको लागि ४७ डलर दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण