नव्याश्रीले ल्याइन् म्युजिकल सर्ट फिल्म ‘महाकाली’
काठमाडौं । गायिका एलिना चौहान र गायक श्रीधर अधिकारीको स्वर रहेको म्युजिकल सर्ट फिल्म ‘महाकाली’सार्वजनिक भएको छ । शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गर्ने फिल्ममा श्रीधरकै संगीत रहेको छ भने नव्याश्रीको लेखन तथा निर्माण छ ।
म्युजिकल फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको अभिनय छ । नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन् भने लोमश शिवको भूमिकामा देखिएका छन् । रामजी राउत एसोसिएट निर्देशक हुन् ।
भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
‘महाकाली’ ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ । बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्री भारतको दार्जीलिङकी बासिन्दा हुन् । उनले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण