यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि
काठमाडौँ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौँको असनमा वर्षौँदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् ।
भाइ मसलाको पुस्तैनी व्यापार गर्दै आएका स्थानीय व्यापारी संजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए । उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए । मूल्य बढेकाले यस पटक भाइमसला किन्नेहरूले पनि थोरै सामानहरू खरिद गर्ने गरेको पाइएको छ ।
व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाब गरौँ भने पोहोरसाल भन्दा यसपालि यो ड्राईफुड मसला करिब ३० पर्सेन्टले महँगिएको छ । कारण के होला ? मेरो विचारमा अस्ति असोज महिनामा आएको बाढीले गर्दाखेरि यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महँगिएको मैले महसुस गरेको छु । साथै यसमा कर तिर्नुप¥यो । यसले गर्दा यसपालि मसलाको भाउँ निकै महंगो छ पोहोरसालको तुलनामा । त्यही भएर मानिसहरुले एफोर्ड गर्न सक्दैन । पोहोर एक किलो लिने मानिसले यस पटक आधा किलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक विजनेस डाउन नै देखिन्छ ।’
यता, ग्राहकहरूले पनि यस वर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरूले भाइमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरेका छन् ।
बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिब २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण